(बैशाख ९, काठमाडौं) । सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको सिन्डिकेट रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको संयुक्त इजलासले सिन्डिकेट अन्त्य गर्न सरकारलाई आयोग गठन गरेर काम गर्न आदेश दिएको हो । सो आदेशमा भनिएको छ,“यातायात क्षेत्रमा अझै सवारी साधनको प्राविधिक गुणस्तर, सार्वजनिक सवारी साधन…