रुकुम, ५ जेठ । बाँफिकोट गाउँपालिका–६ जिप्सिङका लक्षिराम बुढाथोकीका घरमा आगलागी हुँदा उनकी पाँच वर्षीया छोरी डल्ली बुढाथोकीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालिका घरभित्र एक्लै बसेको र परिवारका अन्य सदस्य काममा बाहिर गएका बेला घरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रबहादुर स्वाँरले जानकारी दिए…