सरकारले निर्वाचनको मिति घोषणा गरे एमाले सहयोग गर्न तयार ः उपाध्यक्ष रावल

काठमाडौँ ५ माघ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिए । रिपोर्टसर् क्लब नेपालले यहाँ आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताए । उनले भने “सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा एमाले पूर्णरुपमा सहयोग गर्न तयार छ…