भक्तपुर, १२ फागुन । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षालाई उत्पादन र रोजगारीसँग जोडेर मुलुकको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटिइभिटीको २९औँ वार्षिकोत्सव समारोहलाई आज सानोठिमीमा सम्बोधन गर्दै उहाँले संविधानमा समेत व्यावसायिक शिक्षालाई समृद्घ राष्ट्र निर्माणको आधारका रुपमा उल्लेख गरेकाले प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । मन्त्री पौडेलले…