खोटाङ, ४ माघ । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब सात लाखभन्दा बढीको क्षति भएको छ । सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद १५ हजार, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब सात लाखभन्दा बढीको क्षति भएको हो । घरमा कोही नभएको समयमा अचानक…