काठमाडौँ, १४ असार ।प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलक्रममा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकका दुई विवादित विषयमा सहमति जुटाएको छ । शुक्रबार बसेको समितिको बैठकले पूर्वप्राथमिक शिक्षा (इसिडी) र निजी तथा संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धमा सहमति जुटाएको हो । सहमति अनुसार अब इसिडी दुई वर्षको रहने छ । यसअघि सामुदायिक र निजी विद्यालयमा इसिडीको अवधि…