झापा, ५ असोज । माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नम्बर ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मादक पदार्थ सेवन गरेर माछा मार्न गएका सतारलाई अचानक सुखादी खोलाले बगाएको थियो…