अध्ययनकै लागि विदेश जाने अवस्था अन्त्य गर्नुपर्छः मन्त्री थापा

भक्तपुर, २९ भदौ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपालबाट उच्च शिक्षा अध्ययनकै लागि विदेश जाने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । सिवर्ड इन्टरनेशनल कलेजले भक्तपुरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा भौतिक संरचना, जनशक्तिको अभाव तथा कानुनी अड्चनका कारण स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी प्रदेश सरकारले…