काठमाडौ २७ चैत्र । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिने बाहेक केहि गर्न नसकेको बताउनुभएको छ ।सोमबार संसदमा बोल्नुहुँदै गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताउनुभयो गिरीले भन्नुभयो,‘संसद्मा जनताका समस्याबारे घनिभूत छलफल गर्न सकेनौं । जनतामा निरासा सृजना भएको छ । संसद् बैठक २१ पटक…