काठमाडौ २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार रातिबाट सकिएको छ । कार्यकाल सकिए लगत्तै राष्ट्रपति भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छोड्नुहुनेछ । लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित हुनुभएकी राष्ट्रपति भण्डारी पुनः सङ्घीय संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि पनि दोहोर्याएर निर्वाचित हुनुभएको थियो ।…