काठमाडौँ, २७ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान-अवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान हुने भएको छ । भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान-अवतरणमा प्रतिबन्ध लगाएको थियो । श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन…