काठमाडौँ, ५ माघ । काठमाडौँको सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान ११ः४० बजे उनले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् । अन्दाजी २९/३० वर्षीय विशान लामिछाने गुरुङले आफैँमाथि आगो लगाएपछि उनलाई उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको छ । प्रहरीका अनुसार उनले…