आगलागीबाट घर जल्दा ३ लाख बराबरकाे क्षति

सोलुखुम्बु, १७ पौष । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-६ मैदेलमा एक घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार गएराति फुरी तामाङको घरमा चुलोबाट सल्किएको आगोले घरसहितभित्र रहेका सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । घटनामा कुनै चौपाया तथा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ…