काठमाडौँ, २५ फागुन । पीडितको चरित्रहत्या गर्ने भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले दुई जना युट्युबरलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले आज मिडिया नेपाल नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका- ४ शेषमती बस्ने…