काठमाडौँ, १६ भदौ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका, १४ कुलेश्वरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नगद ३० लाख ७ हजार रुपैयाँसहित मंगलबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका, ३ का ३४ वर्षीय मीनप्रसाद गौतम र रमेश तिमिल्सेना रहेका छन्…