खरिदार र लेखापढी घुससहित पक्राउ

बुटवल, १३ भदौ । बुटवल मालपोत कार्यालयका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई सेवाग्राहीसँग एक लाख बीस हजार घुस रकम लिदै गर्दा पक्राउ गरेको हो । मालपोत कार्यलय परिसरबाट समातिएका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।