काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना पुष्टि

काठमाडौँ, १६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७१९ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ गरी ७१९ जनामा संक्रमण पुष्टि भएको हो । देशभर थप २ हजार ५२ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने आज ३ हजार ३० जना डिस्चार्ज भएका छन ।…