जनकपुरधाम, १६ फागुन । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन् । जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् । मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ…