काठमाडौँ, १५ फागुन । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहा मौसम सफा रहेको छ भने तराइका केही स्थानमा हल्का कुहिरो हुस्सु लागेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही…