धनुषा, १७ पौष । नक्कली कागजपत्र तयार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा जनकपुर उपमहानगरपालिका-८ स्थित विभिन्न ठाउँबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भई हाल मोरङ बिराटनगर उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका-९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका-२ बस्ने ३४ वर्षीय कुनाल चौधरी, धनुषा…