कोरोनाबाट थप एक जनाको मृत्यु

सुर्खेत, २३ जेठ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार बिहानै उनको मृत्यु भएको थियो । त्यसलगत्तै उनको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो…