संविधान संशोधनपछि मात्रै निर्वाचनः उपप्रधानमन्त्री निधि

महोत्तरी २४ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताए। महोत्तरीको सदरमुकाम जलेश्वरमा पत्रकारसँगको भेटघाटको क्रममा गृहमन्त्री निधिले संविधान संशोधनपछि मात्रै चुनाव सम्भव रहेकाले संविधान संशोधन नै हाम्रो पहिलो प्राथमिकता रहेको बताए। मन्त्री निधिले संविधान संशोधनपछि एकसाथ देशका सबै जनता र पार्टीलाई चुनावमा सहभागी हुने बाटो प्रशस्त गर्ने साथै…