प्रधानमन्त्रीको मोर्चालाई स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह

काठमाण्डौ, २ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चाका नेताहरुलाई आपसी छलफल र सहमतिका साथ राजनीतिक मुद्धाहरुको सम्बोधनका लागि जुट्न आग्रह गरेका छन । आन्दोलनरत मधेशी मोर्चासंग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री ले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संबिधान संशोधन प्रस्ताव तत्काल यथाअवस्थामा दुई तिहाईवाट पारित हुने स्थिति नरहेकाले हाललाई…