झापा, १४ पौष । झापामा स्कुटर पल्टिँदा चालकको मृत्यु भएको छ । शनिबार राति दमक नगरपालिका-५ यलम्बर चोकमा को ३५ प ७७२१ नम्बरको स्कुटर नियन्त्रण गुमाएर दुर्घटना हुँदा इलामका अन्दाजी ३६ वर्षीय राज कुमार लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना हुँदा घाइते भएका लिम्बुलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए…