ग्रहदशा फाल्न चिडियाखानामा !

काठमाडौँ, १२ पौष । धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्ला । भगवान गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ भनेर हरेक मङ्गलबार जावलाखेल सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन् । चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भने, “ग्रहदशा फालिने विश्वासले हरेक मङ्गलबार भगवान गणेशप्रति आस्था…