काठमाडौँ, २९ बैशाख । झापामा रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिएका हुन् । ‘झापाका रैथाने हात्तीहरु’ नामक पुस्तिकामार्फत हात्तीका नामहरु सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई…