नेपाल विद्युत् प्राधिकरणका फोरमेन घुससहित पक्राउ

काठमाडौँ, २६ असार । नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र फोरमेन घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको हो । विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ…