काठमाडौँ, २९ जेठ । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोेमा खेद व्यक्त गरेको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यमका प्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीलगायत निर्वाचनका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदा कार्यक्रमस्थल प्रमुख जिल्ला…