शौचालय भत्किँदा तीन बालिकाको मृत्यु

दार्चुला, २९ जेठ । दार्चुलामा शौचालय भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका नौगाड गाउँपालिका ४ गणेश विनायक माविको छाना भत्किँदा तीन बालिकाको घटनास्थलमा नै मृत्यु भएको गाउँपालिकाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाले बताएका छन् । शौचालयको छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकीन भएको छैन…