अर्घाखाँची, २६ जेठ । शीतगंगा नगरपालिका–१, सुवर्णखालमा श्रीमानको कुटपिटबाट एक श्रीमतीको मृत्यु भएको छ । शीतगंगा–१, मन्द्रे घर्तीसाराकी ३४ वर्षीया बसन्ता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक रक्सी पिएका ३५ वर्षीय श्रीमान विष्णु खत्रीले सामान्य निहुँमा मुखमा प्रहार गरी घरको झ्यालमा टाउको ठोक्काइदिएपछि नाक र कानबाट रगत बगेर मृत्युको प्रहरीले जनाएको छ ।