बाँके, २६ फागुन । बाँकेमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ राप्तीसोनारी गाउँपालिका- ६ फत्तेपुरको सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी-६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ। धान कुटाउने मिलको धुरामा स्मृतिले ओडेको सल बेरिएपछि मिलको पट्टामा अल्झिएकी उनको घटनास्थलमै मृत्यु भएको…