भक्तपुर, २१ फागुन । इ.जि पायोनियर स्कुल इटाँछेको रजत महोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । २०५० माघमा स्थापित सो विद्यालयले स्थापनाको २५ वर्षमा आफ्ना धेरै विद्यार्थीहरु चिकित्सक, इन्जिनियर लगायत स्थापित सरकारी कर्मचारीको रुपमा स्थापित भईसकेको विद्यालयका संस्थापक प्रिन्सिपल बिजेन्द्र ध्वँजुले बताए । कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा प्रमाणपत्रको लागि नभई…