सुर्खेत, ४ वैशाख । सुर्खेतमा लागुऔषध कारोबारमा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार वीरेन्द्रनगर नगरपालिका १२ पदमपुरकी ४५ वर्षीय विनिता दर्लामी र उनका २४ वर्षीय छोरा बसन्त दर्लामीलाई प्रहरीले घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार उनीहरुको साथबाट ३ दशमलव ३४० ग्राम…