सिरहा, ५ वैशाख । सिरहामा चट्याङ लागेर एक जना किसानको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–६, भोक्राहाका ४५ वर्षीय बेचन रोहिताको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै गहुँको खेतमा बिहीबार बेलुका काम गरिरहेका बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।