बेवारिसे अवस्थामा ५८ राउण्ड गोली फेला

काठमाडौँ, १५ मंसिर । झापाको दमकमा बेवारिसे अवस्थामा गोली फेला परेको छ ।   दमक नगरपालिका–७ स्थित पशुहाट बजार क्षेत्रमा सोमबार सेतो प्लास्टिकको पोकाभित्र गोली देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कुल ५८ राउण्ड गोली बरामद गरेको जनाएको छ ।   यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएको प्रहरीको भनाइ छ…