आजको मौसम

काठमाण्डौ, १० माघ । आज बिहीबार काठमाण्डौ उपत्यकामा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुका कारण अहिले काठमाण्डौको भिजिविलिटी एक सय मिटरमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पुर्वानुमान महाशाखाका अनुसार अहिले लागेको हुस्सु दिउँसो हट्ने र हटेपछि काठमाण्डौमा घाम लाग्ने जनाएको छ । कम भिजिविलिटि भएकाले सडकमा गाडी चलाउँदा वा हिँड्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह…