हुम्लामा भारी हिमपात : जनजीवन प्रभावित

हुम्ला, ८ माघ । रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपातका कारण सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको छ भने स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।…