ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर, ३१ चैत । भोजपुर नगरपालिका–३ सेतीबगरमा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले…