आगलागीका कारण चार जनाको मृत्यु

झापा, १० मंसिर । झापा जिल्लाको शिवसताक्षी नगरपालिका-७ लाल्झोडास्थित एक घरमा आगलागी हुँदा एक परिवारका चारको मृत्यु भएको छ । आइतबार राति करिब ९ बजेतिर घरमा अचानक सल्किएको आगोले उक्त दुर्घटना निम्तिएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । परिवारका सबै सदस्य सुतिरहेको बेला आगलागी भएकाले जलेर सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।…