श्रीकृष्ण मावि छैमलेको विद्यालय भवन हस्तान्तरण

असार १६, काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा नं ८ छैमले चोबुस्थित श्रीकृष्ण माविको नवनिर्मित ४ कोठे पक्की भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पमा क्षति भएको पुरानो भवनको ठाउँमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई समिति (शिक्षा) को ६४ लाख ७० हजार रुपैयाँको लागतमा सो नयाँ भवन बनेको हो…