बलात्कार र हिंसाबाट बच्न महिलालाई आत्मरक्षाको तालीम

असोज ७, कैलाली ।  राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले महिलाहरुका लागि बलात्कार र हिंसाबाट बच्न आत्मरक्षा सम्बन्धी निःशुल्क शिविरको आयोजना गर्नेभएको छ । असोज २० गतेदेखि धनगढीमा हुने आत्मरक्षा शिविरमा महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद्, क्रियाशील महिला पत्रकार समूहको सहयोगमा आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गर्न लागिएको…