साउन २९, झापा । विप्लव नेतृत्वकाे कार्यकर्ताले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय भवन नजिकैकाे सडकमा सुतली बम विस्फोट गराएका छन् । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक पनि बम विष्फोट भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । दमकबाट साेमबार विप्लव नेतृत्वको कार्यकर्तालाई पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल…