प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

असार १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश चीनको ६ दिने औपचारिक भ्रमण सकि आज स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्री ओली असार ५ गते १२० जनाको टोलीसहित भ्रमणमा गएका थिए । ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको जनाइएको छ ।