असार २, काठमाडौं । आवास अनुदान पाउनबाट बञ्चित १२ जिल्लाका १८ हजार ५ सय ७८ भूकम्पपीडित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा समेटेको छ भने ६ हजार ७ सय ३६ परिवार भने अनुदानका लागि फेरि पनि अयोग्य भएका छन् । प्राधिकरणले दिएको समयसीमामा भूकम्पपीडित जिल्लाहरुबाट २५ हजार ३ सय २४ गुनासो संकलन भएको थियो ।…