काठमाडौँ, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका…