काठमाडौँ, २३ चैत । काठमाडौँका केही स्थानमा आज विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भक्तपुर–चपली १३२ के.भी. प्रसारण बन्द गरी काम गर्नुपर्ने भएकाले केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको हो । काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरूबाट विद्युत् आपूर्ति हुने बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र,…