काठमाडौँ, १ चैत । काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको हो । पर्साको सखुवा प्रसौनी घर भएकी कँडेलको डेराबाट बुधवार दिउँसो चोरी भएको हो…