काठमाडौँ, २७ माघ । धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । प्रहरीका अनुसार बाजुराबाट आएर अध्ययनका लागि धनगढी बस्दै आएकी किशोरी बिहीबार साँझ बलात्कारमा परेकी हुन् । स्कुलबाट घर फर्किंदै गरेकी उनलाई युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी युवककै घर जान बाध्य भएकी थिइन् । थप विवरण बुझ्न बाँकी रहेको…