नक्सालको फर्निचर कारखानामा आगलागी

काठमाडौँ, ३ मंसिर । नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ । कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ । काठमाडौँ महानगरको दमकलले अहिले आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ । फर्निचर कारखानाका धनी पनि सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।