काठमाडौँ, २० कार्तिक । बितेको चौबिस घण्टामा चट्याङ लागेर देशभर १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० देखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा चट्याङ लागेर उनीहरू घाइते भएका हुन् । चट्याङ लागेर दैलेखको भगवतीमाई गाउँपालिका–५ मा ६ बालबालिका, जाजरकोटको बारेकोट गाउँपालिका–१ मा तीनजना, गुल्मीको मदाने…